डेङ्गुका कारण श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेङ्गुका कारण श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् ।

यो विवरण सन् २०१९ को पहिलो चार महिनाको मात्रै भएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ ।

गत अप्रिल ३० सम्ममा कुल १५ हजार ४०७ जना डेँगुबाट प्रभावित भएको र तीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लाका तीन हजार ४०५ जना रहेका छन् ।

चिकित्सा विज्ञहरुका अनुसार उच्च ज्वरो, अनियन्त्रीत वान्ता, शरिरका विभिन्न ठाउँमा दुखाई, कमजोरी महशुष हुने लगायतका लक्षण डेङ्गु भएका बेला देखिन्छ ।

डेँगुका कारण गत बर्ष ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी विरामी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस