गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ सार्वजनिक (भिडियोसहित)


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् ।

आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।
वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् ।

तिलक फिल्मसको पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस