बझाङमा जीप दुर्घटना, सहचालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बझाङमा जीप दुर्घटना, सहचालकको मृत्यु


१९ बैशाख २०७६, बिहिबार


बझाङ । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको बताइएको छ । जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ ।

जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस