बर्डफ्लुले नेपालमा पनि लिन थाल्यो ज्यान, काभ्रेका २१ वर्षीय युवकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बर्डफ्लुले नेपालमा पनि लिन थाल्यो ज्यान, काभ्रेका २१ वर्षीय युवकको मृत्यु


१९ बैशाख २०७६, बिहिबार


डाक्टर

काठमाडौं । नेपालका बर्डफ्लुका कारण एकजनाको मृत्यु भएको छ । बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लु मृत्यु भएको हो।

नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो।

गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका ती युवाको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

उक्त नमुना परीक्षणका लागि जापान पठाइएको उक्त नमुनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो।

उक्त नमुनाको विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो।

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस