मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्था शव फेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्था शव फेला


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङदेवा शेर्पा मृत फेला परेका हुन् । शव जमिनबाट करिब ८ इन्च माथि छ ।

बिहीबार बिहान करिब सात बजेतिर रुखमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।

शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएछ । हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस