राष्ट्रपतिद्वारा जापानी सम्राटलाई बधाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा जापानी सम्राटलाई बधाई


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोलाई गद्दी आरोहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै सुरु भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई बुधबार बधाईको सन्देश पठाउँदै सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस