श्रमिकको भावनालाई सम्बोधन गर्न सकेन : अध्यक्ष थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रमिकको भावनालाई सम्बोधन गर्न सकेन : अध्यक्ष थापा


१८ बैशाख २०७६, बुधबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासंघ (टुकोन) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप लगाए।

‘श्रमिकको हक, हित स्वार्थको रक्षाका निमित्त राप्रपा नेपाल लड्ने बेला आएको छ’, उनले भने । पूर्वउपप्रधानमन्त्री समेत रहेकाका अध्यक्ष थापाले वालुवाटार जग्गा प्रकरणमा जोकोही दोषी भए पनि कारवाही हुनुपर्ने स्पष्ट पारे। स्थानीय तहमा आफ्नो सङ्गठन विस्तारमा पार्टीका श्रमिक सङ्गठन लाग्नुपर्ने उनको भनाइ थियो ।

राप्रपाका वरिष्ठ नेता दीपक बोहराले श्रमिकको पक्षमा कुनै पनि राजनीतिक दल आबद्ध श्रमिक सङ्गठनले काम गर्न नसकेको बताए । ‘नेपालका श्रमिकको समस्या समाधानमा लाग्नुभन्दा श्रमिक नेता विदेश गएर रमाउने गरेका छन्’, उनले भने । नेता बोहराले श्रमिकको पक्षमा पार्टी नै लड्नुपर्ने बेला आएको बताए ।

राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले श्रमिकको पक्षमा लड्न महासंघलाई आग्रह गरे । राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ट्रेड युनियन महासंघलाई वास्तविक श्रमिकको पक्षमा काम गर्न नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

टुकोनलाई श्रमिकको हक अधिकारका लागि लड्न र पार्टीले लिएको नीति तथा विचारलाई आम जनता माझ लैजान काम गरिने अध्यक्ष हिक्मतजङ्ग भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस