२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार समाजवादको यात्रामा अघि बढ्यो : नेता पाण्डे

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पेशागत महासंघ नेपाल (कोनेप) र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले १३०औँ मजदूर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार समाजवादतर्फ उन्मुख भइरहेको हुनाले मजदूरका समस्या सबै हल हुने बताए । जुलुस नै गरेर तलब बढाउनुपर्ने र आन्दोलन गरेर हकअधिकार लिनुपर्ने अवस्था अन्त्य भएको पाण्डेले बताए ।

नेता पाण्डेले यसपटकको बजेटले वृद्धभत्ता बढाउने बताउँदै उनले भने, ‘वृद्धभत्ता समाजवादको कडी हो, सरकार समाजवादतर्फ जाँदैछ, त्यसैले पनि वृद्धभत्ता बढाउनुपर्छ, बढ्छ ।’उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइने बताए । बालकलाई निःशुल्क पढाइ, वृद्धवृद्धालाई भत्ता, बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेर सरकार समाजवादतर्फ उन्मुख भइरहेको नेता पाण्डेको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव शालिकराम काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस