श्रमिकको हक सुनिश्चित गर्न सरकार प्रतिवद्ध : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रमिकको हक सुनिश्चित गर्न सरकार प्रतिवद्ध : अध्यक्ष प्रचण्ड


१८ बैशाख २०७६, बुधबार


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकको हक सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकार प्रतिवद्ध रहेका बाएका हुन् ।

१३० औं अन्तर्राराष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान सरकार लागीपरेको स्पष्ट पारे । उनले भने, ‘देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता हो, यसका लागि उनले नेपाली श्रमिक वर्ग एकतावद्ध भएर अगाडि बढ्ने विश्वास छ ।’

संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई पार्टी तथा सरकारले प्राथमिकतामा राखेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष विश्वभरका श्रमिकहरुले दिवस मनाउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस