धनुषा । मिथिला विहारी नगरपालिका-५ ललिया टावर टोल बस्ने २८ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २५ वर्षीय जिवछ कुमार दासलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिलियाबाट र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले दासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।