२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा २२ अङ्कको वृद्धि : डेढ अर्ब माथिको कारोवार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई १ हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए । पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोवार भएको पहिलो पटक हो । बजार विस्तारसँगै कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ ।

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेका छन् भने आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ विन्दुले घटेका छन् । यस्तै होटल ९०.४, विकास बैंक ६.१, जलविद्युत् ६२.५८, निर्जीवन बीमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बीमा ६२९.३८ विन्दुले बढेको छ ।
जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।

स्टकका अनुसार आज नेपाल बैंकको मात्रै रु २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोवार भएको छ । छिमेकी लघुवित्त विकास बैंकको रु नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन् ।

यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले .९४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस