२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

अ+ अ-

वालिङ । यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताए ।

“सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले पहिलो पटक सामुदायिक विद्यालयमा ‘स्मार्ट बुक’को प्रयोग गरेका छौँ”, वडाध्यक्ष काफ्लेले भने, “आशा छ स–साना बालबालिकाको क्षमता अभिवृद्धि गर्नमा सघाउ पुग्नेछ भने सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकहरु पनि आकर्षित हुनेछ ।”

‘स्मार्ट बुक’को प्रयोगले नर्सरीदेखि केजीसम्मका विद्यार्थी बढी लाभान्वित हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए। “यो प्रविधिमार्फत स–साना बालबालिकामा खेल्दै सिक्ने संस्कृतिको विकास हुन्छ”, प्रधानाध्यापक रेग्मीले भने, “बालबालिकाको सुनाइ र बोलाइ विकासका लागि यसबाट महत्वपूर्ण सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”

विद्यार्थीमा पढ्ने सीप विकास गराउन र सुनाइका आधारमा लेख्नसक्ने बनाउन यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषाका विभिन्न पाठ्यपुस्तक समावेश गरिएको प्रधानाध्यापक रेग्मीले बताए । यो प्रविधिमार्फत विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढेको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने क्रियटिभ एडुटेन्मेन्ट वल्र्ड प्रालि गण्डकी प्रदेशका व्यवस्थापक वासुदेव सुवेदीले बताए । उनका अनुसार हिज्जे गल्ती भएमा वा उच्चारणको समस्या समाधान गर्नका लागि पनि शिक्षक तथा विद्यार्थीलाई सहज हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस