२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी फलाउन मानवमूत्रको प्रयोग

अ+ अ-

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् ।

यसअघि गाईभैँसी, कुखुरा र भेडाबाख्राका मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानवमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् ।

म्याग्दीमै पहिलोपटक सो गाउँपालिकाका किसानले मानवमूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानवमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।

अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिकस्थलमा पिसाब सङ्कलन गरी बालीमा हाल्न थालेको बताए। “घरमै पिसाब सङ्कलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालीमबाट पाएका छौँ”, उनले भने, “गाईभैँसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो ।

गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ भने विद्यालय र सार्वजनिक स्थानमा मानवमूत्र सङ्कलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवालेसमेत जर्किन (ग्यालिन) गर्ने गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

विसं २०७५ मङ्सिरबाट घर–घरमा पिसाब सङ्कलन गरिएको र बोटबिरुवा तथा तरकारीमा हाल्ने गरिएको स्थानीय किसान मनप्रसाद कँडेलले बताए। गाउँपालिकाका कृषि प्राविधिक जगत् बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानवमूत्रसम्बन्धी पाँचदिने तालीम दिइसकेको बताए ।

“मानवमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुनेरहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो”, उनले भने, “हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालीम दियौँ, किसान हौसिएका छन् ।”

उहाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब सङ्कलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयवासीले जर्किन वा ड्रममा पिसाव सङ्कलन गरेका छन् । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने उनले बताए ।

प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिकमलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिकस्थलमा मावनमूत्र सङ्कलन गर्दा राम्रो हुने उनले बताए।

विद्यालयमा सङ्कलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र बिक्रीसमेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उहाँले बताए। “हामीले मानवमूत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौँ । तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौँ”, उनले भने। स्याङजा, लमजुङ, म्याग्दी, बागलुङलगायत जिल्लामा मानव मलमूत्रबाट राम्रो उत्पादन भइरहेको उनले बताए ।

मनोजलाई कक्षा १२ सम्मको शिक्षा

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका आठ वर्षीय टुहुरा मनोज विकले आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्यु भएपछि टुहुरा बनेका विकलाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क पढाउने भएको हो । विकलाई बुद्ध एकेडेमीको कक्षा एकमा भर्ना गरिएको छ । मनोजकी आमा गोरी विक शारीरिक रुपमा अशक्त र बिरामी छन् । आमासँगै चार वर्षीया बहिनी मनिषा विकको समेत रेखदेख र लालनपालनको जिम्मेवारी मनोजमाथि नै थपिएपछि उनको पढाइ रोकिएको थियो ।

विद्यालयको भर्ना अभियानसँगै आयोजित कार्यक्रममा बोल्दै मालिका–५ की वडाध्यक्ष पिपला बुढाले गाउँकै विपन्न मनोजको कक्षा १२ सम्म पढाइको जिम्मा लिएर बुद्ध एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण काम गरेको बताए । प्रबन्ध निर्देशक राजकुमार थापा र प्रधानाध्यापक धुव्रसागर शर्माले विकलाई स्वागत गर्दै नमूना विद्यार्थी बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस