वालिङ । स्याङ्जाको पुतली बजारबाट ३३ लाख ठगीको आरोपमा एक जना पक्राउ परेका छन् । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापा पक्राउ परेकी हुन् ।
थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पुर्याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रअनुसार खोजतलास गर्ने क्रममा श्रीमती थापालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
थापा दम्पतीले १५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरी प्रहरीमा रहेको बताइएको छ ।