२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढाइमा उत्कृष्ट बने असहाय बालबालिका

अ+ अ-

लमही । कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन् ।

असहाय बाल विकास नेपालका १४ मध्ये तीन र दिदी घर संस्थाका छमध्ये एक जना विद्यार्थी आफ्नो कक्षामा प्रथम भएको छ । तुलसीपुर–७ हलवारमा रहेका पब्लिक ज्ञान ज्योतिमा अध्ययन गर्दै आएका असहाय बालविकास नेपाल बिजौरीका बालबालिकामध्ये रोल्पाकी अनिशा भुजेलले कक्षा ३ को ‘सि’ सेक्सनबाट ९५ दशमलव ४३ प्रतिशत ल्याएर कक्षामै प्रथम हुन सफल भएको छ ।

त्यस्तै रुकुमका बादल विकले एलकेजीको ‘ए’ सेक्सनबाट ९८ दशमलव १४ प्रतिशत ल्याएर कक्षा प्रथम हुन सफल हुनुभएको हो भने रुकुमका रमेश बोहराले पनि कक्षा युकेजीको ‘सि’ सेक्सनबाट ९६ दशमलव ७१ प्रतिशत अङ्क ल्याएर कक्षा प्रथम हुन सफल भएका छन् ।

साथै अन्य विद्यार्थीले पनि ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउन सफल भएका छन् । जसमध्ये युकेजीबाट रुकुमकी शारदा बिसीले ९५ दशमलव ४३ प्रतिशत, दाङकी विष्णु विकले ९१ दशमलव ५७ प्रतिशत र रोल्पाका अविनास भुजेलले ९० दशमलव ४३ प्रतिशत ल्याउन सफल भएका छन् ।

त्यस्तै कक्षा १ बाट रुकुमकी सीता विकले ९४ दशमलव ५७ र रुकुमकै प्रकाश विकले ९२ दशमलव २१ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् । कक्षा २ बाट रुकुमका अमृत शर्माले ९३ दशमलव ७ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् ।

त्यस्तै कक्षा ३ बाट जुम्लाका सङ्गीता बुढाथोकीले ८८ दशमलव ७१ प्रतिशत, रुकुमका चेतना शर्माले ८७ दशमलव ७७ प्रतिशत, रुकुमका मोतिराम बुढाले ८६ दशमलव ८८ प्रतिशत, रुकुमकै अमृती बुढाथोकीले ८६ दशमलव ५७ प्रतिशत, रोल्पाका अर्जुन बस्नेतले ६८ दशमलव ५७ प्रतिशत ल्याएका छन् ।

अहिले आमा–बुबा नभएर सहाराविहीन बनेका बालबालिकालाई तुलसीपुर–१८ बिजौरीमा रहेको असहाय बाल विकास केन्द्रले पालनपोषण तथा शिक्षादीक्षा दिने गरेको छ । नियमित विद्यालय जानुका साथै घरमा पनि शिक्षक राखेर अध्यापन गराएका विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष विष्णु चौधरीले बताए ।

यस्तै उनले आफूले बालबालिकाको भविष्यका लागि गरेको योगदानले सार्थकता पाएको बताए । ‘बालबालिकाको भविष्यका लागि मैले जुन योगदान गरेको छु’, उनले भने, ‘उक्त योगदानले गर्दा नै अहिले बालबालिकाले उत्कृष्ट अङ्क ल्याउन सफल भए ।’ उक्त संस्थाले सहाराविहीन भएका दाङ रुकुम, प्युठान, जुम्लालगायत बालबालिकालाई पालनपोषण तथा शिक्षादीक्षा दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस