२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।

पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, ‘हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।’

उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताए। पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उनले प्रष्ट पारे ।

लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । उनले भने, ‘सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।’

सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार भइरहेको बताए । निजीबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी सङ्ख्या बढिरहेको बताउँदै उनले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा विस्तार भइरहेको जानकारी दिए ।

उनले भने, ‘चालू आर्थिक वर्षमा तीन विद्यालयमा प्राविधिक शिक्षा शुरु भएकामा आगामी वर्षमा दुई विद्यालयमा थप्ने योजना छ ।’ विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले विद्यालयमा भौतिक सुधार हुँदा शैक्षिक सुधारमा समेत सघाउ पुग्ने बताए । शहरी वातावरण व्यवस्थापन समाज नामक संस्थाले विद्यालयमा आठकोठे भवनको निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस