२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ५ : एक वर्षमा चार पटक प्रदेशसभा स्थगित

अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो ।

बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा मुख्यमन्त्रीको जवाफ, निर्मला हत्याकाण्ड र डा.गोविन्द केसीको सत्याग्रहको विषयलाई लिएर प्रदेशसभा अवरुद्ध भएको थियो । “संसदमा विपक्षी दलको सहभागिता विना संसद् सञ्चालन गर्न सहज वातावरण हुँदैन, विपक्षीको अवरोध भएपछि प्रदेशसभा स्थगन हुन्छ’, प्रदेश नं ५ को प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भने ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रदेशसभा अवरुद्ध भएपछि धेरै विषय सम्वादबाट समाधान भएको उल्लेख गर्दै अझै पनि प्रदेशको अधिकार कटौतीको विषयमा संयुक्त छलफल गरिरहेको जानकारी दिए ।

प्रदेश नं ५ को प्रदेशसभामा अहिलेसम्म ७० वटा बैठक बसेको छ जसले ३३ वटा विधेयक पारित गरेको छ । ती बैठकमध्ये २२ पहिलो अधिवेशनमा, दोस्रो अधिवेशनमा २८ र तेस्रो अधिवेशनमा ३० बैठक प्रदेशसभाको भएको छ । विसं २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक भएको थियो ।

प्रदेशसभामा ५ दलका ८७ जनामध्ये एक जना प्रदेशसभा सदस्यको मृत्युपछि ८६ सदस्य छन् । यसमध्ये नेपाल कम्युनिष्ट पार्टीका ६०, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरम नेपालका पाँच र राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीका एक एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस