२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय २३ सम्पदाको पुनःनिर्माण

अ+ अ-

काठमाडौं । भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो ।

त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौं उपत्यका संरक्षण कोषमार्फत तीन, स्वीस सरकारको सहयोगमा दुई, श्रीलङ्काली सरकारको सहयोगमा दुई तथा चीन सरकारको सहयोगमा एक गरी २२१ सम्पदाको पुनःनिर्माण चालू अवस्थामा रहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

केही सम्पदाको विवादका कारण पनि पुनःनिर्माण ढिला भएको बताइएको छ । प्रवक्ता कुँवरका अनुसार आवासीय भवन निर्माण गर्ने कार्यजस्तो पुरातत्व सम्पदा निर्माण गर्ने कार्य सजिलो नभएकाले काममा केही ढिलाइ भएको हो । “पुराना सम्पदाका पुनःनिर्माण गर्दा पुनानै शैलीमा गर्नुपर्ने भएकाले पुरानै स्वरुपको कलाकृति अङ्कित गर्न कालीगढकै अभाव छ”, कुँवरले भने।

भूकम्पका कारण क्षति पुगेका सम्पूर्ण सम्पदा पुनःनिर्माणका लागि रु १० अर्ब रकम लाग्ने बताउँदै कुँवरले हालसम्म करीब रु एक अर्ब ८० करोड रकम खर्च भइसकेको पनि जानकारी गराए। उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका २९ सम्पदा क्षतिग्रस्त भएकामा १४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

यस्तै स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकामा १५ को पुनःनिर्माण भइसकेको छ । यस्तै भूकम्पले क्षतिग्रस्त बौद्धनाथको एक क्षति भएकामा त्यसको पनि पुनःनिर्माणको कार्य भइरहेको विभागले जानकारी दिएको छ । त्यस्तै पाटन दरबार क्षेत्रका ३० सम्पदामा क्षति पुगेकामा १२ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको विभागले जनाएको छ । भक्तपुर दरबार क्षेत्रका २१ सम्पदामा क्षति पुगेकामा नौको पुनःनिर्माण भइसकेको विभागले जनाएको छ । चाँगुनारायण क्षेत्रमा आठ सम्पदामा क्षति पुगेकामा पाँचको पुनःनिर्माण सम्पन्न भएको विभागले जनाएको छ । यस्तै, पशुपति क्षेत्रको ६६ सम्पदा क्षतिग्रस्त भएकामा १९ सम्पदाको पुनःनिर्माण सकिएको विभागले जनाएको छ ।

जैशीदेवल पुनःनिर्माणमा ढिलाइ

पुनःनिर्माण शुरु भएको समयअनुसार गत माघ महीनामै निर्माणकार्य सक्नुपर्ने भए पनि जैशीदेवलको निर्माणकार्य अझै सकिएको छैन ।

मल्लकालमा १६औँ शताब्दीतिर लक्ष्मीनारायण जोशीले उक्त मन्दिर निर्माण गर्न लागाइएको जैशीदेवल युथ क्लबले जानकारी गराएको छ । जोशीले निर्माण गर्न लगाएकाले नै यस टोलको नाम जैशीदेवल टोल भएको स्थानीयवासी कवीरमान नापित बताउँछन् ।

हाल यस देवलको पुरातत्व विभागले निर्माणको काम गरिरहेको छ । निर्माणको लागि दक्ष कामदार नभएकाले पनि निर्माणमा ढिलाइ भएको विभागको भनाइ छ । अहिले निर्माणका लागि भक्तपुरबाट कामदार ल्याइएको छ, उनीहरुले पनि नियमित काम गर्न पाएका छैनन्, भूकम्पका कारण धेरै सम्पदा भत्किएका छन् । ती सबैको निर्माण गर्नुपर्ने अवस्था रहेको छ, नियमित काम गर्ने कामदारको अभाव छ प्रवक्ता कुँवरले भने ।

यस देवल निर्माण गर्नका लागि अहिले दैनिक १० कामदार लागिपरेका छन् । अहिले जगको काम सकी देवलको माथिसम्म जानआउनका लागि बाटो निर्माणको काम भइरहेको छ । तीन तलामा निर्माण गरिएको यस देवल भूकम्प जानुअघि पनि मर्मतको काम भएको स्थानीयवासी नापित बताउँछन् ।

तत्कालीन समयमा रातो मच्छिन्द्रनाथको रथलाई तोकिएको स्थानमा लान नसकेको अवस्थामा यस देवलमा लगी राख्ने भएका कारण देवलको निर्माण भएको स्थानीयवासी नापित बताउँछन् । यस देवल निर्माणका लाग रु चार करोड बजेट पनि छुट्याइएको छ । भूकम्प जानुअघि जस्तो स्वरुपमा रहेको थियो, सोहीअनुरुप निर्माणकार्य अघि बढिरहेको छ । उक्त देवल निर्माणका लागि केही पुराना प्रयोग गरिए पनि धेरै नयाँ निर्माण सामग्रीकै प्रयोग गरिएको विभागले जानकारी गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस