सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेश निषेध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेश निषेध


१० बैशाख २०७६, मंगलबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाले निजी मिडियालाई प्रवेश निषेध गरेको छ । राष््ट्रपति उपस्थित हुने कार्यक्रममा सेनाले निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको हो ।

सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको भवन उद्घाटन कार्यक्रममा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाएको हो ।

सेनाको परमाधिपति समेत रहनुभएकी राष्ट्रपति भण्डारी भवन उद्घाटनको लागि जङ्गी अड्डा पुगेकी छन् ।

राष्ट्रपतिमाथि विभिन्न विषयमा विवाद आउन थालेपछि उनी सहभागी कार्यक्रममा निजी सञ्चार माध्यमलाई रोक लगाएको हो ।

तर जङ्गी अड्डाले भने स्थान अभावका कारण सीमित पत्रकारलाई मात्र्र सहभागी गराउन सकेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस