विश्वमै पहिलो पटक ह्विल चियर एशिया कप क्रिकेटको आयोजना हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वमै पहिलो पटक ह्विल चियर एशिया कप क्रिकेटको आयोजना हुँदै


१० बैशाख २०७६, मंगलबार


काठमाडौ । ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।

पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको छ । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने छ ।

प्रतियोगिताका सबै खेल पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसको खेलमैदानमा हुने छन्। टि–२० फरम्याटमा हुने ह्विल चियर एशिया कप क्रिकेट विश्वमै पहिलो पटक आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस