सर्लाहीमा ट्र्याक्टरले किचेर ४ वर्षीया नाबालिकाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा ट्र्याक्टरले किचेर ४ वर्षीया नाबालिकाको मृत्यु


९ बैशाख २०७६, सोमबार


बालक

सर्लाही । ट्रयाक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका ४ वर्षीया छोरी पूजाकुमारी राय रहेको छ । ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर र त्यसका चालक कविलासी नगरपालिका– १० सलेमपुरका ४० वर्षीय रामनारायण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस