स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान


९ बैशाख २०७६, सोमबार


हेटौँडा । प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आवश्यकताअनुसार प्रचलित कानूनबमोजिम स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो ।

स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने निर्णय यसअघि नै गरेको थियो । सोही निर्णयअनुसार बजेट व्यवस्था गरिने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस