ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ : महानिरीक्षक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ : महानिरीक्षक


९ बैशाख २०७६, सोमबार


इन्टरपोल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन् ।

महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”, उनले भने ।

महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गरे । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको बताए ।

हाल काठमाडौं उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौं उपत्यमामा मात्र ११ लाख सवारी साधन चल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस