जीप दुर्घटनामा एकको मृत्यु, सात जना घाइते « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जीप दुर्घटनामा एकको मृत्यु, सात जना घाइते


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


बझाङ । खप्तड छान्ना गाउँपालिका– ४ बाट जयपृथ्वी नगरपालिका सुवेडातर्फ जन्ती लिएर आउँदै गरेको से१ज ७१८ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

खप्तड छान्ना गाउँपालिका– २ को बाँसपाटामा भएको दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका– ४ का ६० वर्षीय वासुदेव जोशीको मृत्यु भएको स्थानीयवासी केशवराज जोशीले जानकारी दिए । दुर्घटनामा परी चालकसहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । नेटाकाँटीयाबाट चैनपुरतर्फ जन्ती बोकेर आउँदै गरेको जीप दुर्घटनामहा परेको हो । जीप सडकबाट भीरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस