२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखाको धार्चेमा व्यावसायिक स्याउ खेती शुरु

अ+ अ-

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक स्याउ खेती शुरु गरिएको छ ।

स्याउ खेतीको उच्च सम्भावना रहेको धार्चेमा अहिलेसम्म पनि व्यावसायिक स्याउ खेतीको विकास हुन नसकेपछि गाउँपालिकाले नै पहिलो चरणमा १४ सय उन्नत जातका स्याउको बेर्ना वितरण गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

‘अहिले सबै वडाहरुमा परीक्षणको रुपमा दुई–दुई सयका दरले स्याउको बेर्नाबाट सामुहिक रुपमा खेती शुरु गरेका छौँ, अध्यक्ष गुरुङले भने,’अहिले रोपेका बेर्नाले एक वर्षमा फल दिने जातको भएकाले यसबाट किसानसमेत उत्साहित भएका छन् ।’

गाउँपालिकाले सबै वडामा सामुहिक रुपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘दर्ता भएका सबै समूहलाई बेर्ना वितरण गरिएकाले गाउँपालिकाले ती सबै समूहलाई सूचीकृत पनि गर्नेछ’, उनले भने, ‘सामूहिक रुपमा खेती गरिएकाले त्यसको बजार व्यवस्थपान गर्न समेत सजिलो हुन्छ ।’

वितरण गरिएका समुूहले सार्वजनिक जग्गामा वा त्यो जग्गा नभए जमीन भाडामा लिएर पनि खेती शुरु गरेको अध्यक्ष गुरुङले बताए । ‘वितरण गरिएको स्याउको प्रति बेर्नाको मूल्य नर्सरीमा रु १ हजार ५०० परेको छ’, उनले भने, ‘गाउँसम्म ल्याई पुर्‍याउदा एउटा बेर्नाको मूल्य दुई हजार ५ सयसम्म पुग्नसक्छ ।’

एग्रो मनाङ नर्सरीमार्फत वितरण गरिएको स्याउको बेर्ना डाला, फुजी र गोल्डन जातका छन् । इटालीबाट झिकाएर वितरण गरिएको बेर्ना एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उनले बताए ।

धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस