३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका स्थानीय तहको बेरुजु १५ करोड

अ+ अ-

तनहुँ । तनहुँका स्थानीय तहमा गत आर्थिक वर्ष २०७४÷७५ मा १५ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहमा १५ करोड अनुशासनविपरीत खर्च भएको उल्लेख गरिएको हो ।

लेखापरीक्षणका लागि जिल्लामा दुई टोली खटिएको थियो । महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय रमेशप्रसाद न्यौपाने र श्रीराम तिमिल्सिनाको नेतृत्वमा जिल्लाका सरकारी कार्यालयका लेखापरीक्षण गरिएको थियो । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा देशभरका स्थानीय तहको आम्दानी, खर्च, लेखापरीक्षण र बेरुजु रकमको विवरण उल्लेख छ । अन्य विषयगत कार्यालयको विवरण भने प्रतिवेदनमा उल्लेख छैन । जिल्लाका १० स्थानीय तहहरुको रु आठ अर्ब ५२ करोड ९२ लाख ४२ हजारको लेखापरीक्षण भएको थियो ।

रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमणभत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धाविना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी प्रतिवेदनमा औँल्याइएको छ ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकाको देखिएको छ । आँबुखैरेनीमा रु ४५ करोड ४८ लाख ५० हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ७ लाख ७४ हजार बेरुजु देखिएको छ । त्यस्तै व्यास नगरपालिकाको रु दुई अर्ब नौ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड २७ लाख १२ हजार बेरुजु देखिएको छ । भानु नगरपालिकाको रु एक अर्ब १८ करोड ४९ लाख ८३ हजारको लेखापरीक्षण गर्दा रु ८० लाख ८७ हजार बेरुजु देखिएको छ भने शुक्लागण्डकी नगरपालिकाको रु एक अर्ब १७ करोड ६८ लाख ९८ हजारको लेखापरीक्षण गर्दा रु ८२ लाख २५ हजार बेरुजु देखिएको छ ।

त्यस्तै भिमाद नगरपालिकाको रु ७७ करोड ५८ लाख ६९ हजारको लेखापरीक्षण गर्दा रु पाँच लाख तीन हजार, ऋषिङ गाउँपालिकाको रु ७१ करोड ७४ लाख एक हजारको लेखापरीक्षण गर्दा रु एक करोड १५ लाख ५६ हजार, घिरिङ गाउँपालिकाको रु ५४ करोड १४ लाख ९६ हजारको लेखापरीक्षण गर्दा रु नौ लाख एक हजार, म्याग्दे गाउँपालिकाको रु ५४ करोड ८८ लाख ३० हजारको लेखापरीक्षण गर्दा रु ३१ लाख छ हजार र बन्दीपुर गाउँपालिकाको रु ४९ करोड २९ लाख ७७ हजारको लेखापरीक्षण गर्दा रु तीन करोड ८२ लाख ६६ हजार बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार देवघाट गाउँपालिकाको भने बेरुजु देखिएको छैन । देवघाट गाउँपालिकाको रु ५३ करोड ८८ लाख ४० हजारको लेखापरीक्षण भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस