२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान धितो कार्यक्रमले किसानलाई राहत

अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिए । उनले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाएका छन् ।

त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिएका छन् । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिएका छन् । उक्त ऋणवापत सबैले आफूले उत्पादन गरेको धान धितो राखेको ऋण लगानीकर्ता सिम्रिक सहकारी संस्थाका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

पहिले धान उठाउँदाउठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषकले उपमहानगरपालिकाले शुरु गरेको धान धितो राखी कृषकलाई ऋण लगानी गर्ने कार्यक्रमबाट फाइदा लिएका छन् । किसानले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै उपमहानगरपालिकालाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसान अहिले धान धितो कार्यक्रमले धेरै राहत भएका बताएका छन् । आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकका सबै धान बिक्री गरी वा कुटानी गरी आफूले पाउनुपर्ने साँवाब्याज सेवाशुल्क आदि असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम उपमहानगरपालिका र वडा नं १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा १३५ किसानले प्रत्यक्ष फाइदा लिएका छन् । किसान आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको उपप्रमुख गुमादेवी आचार्यले बताए ।

उपमहानगरका दुवौली, पोखराबारी, मोतीपुर, सौराहा, सौरहिया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतीगञ्जलागायत टोलका किसानले न्यूनतम चार क्विन्टलदेखि ३०० क्विन्टलसम्म धान धितो राखेर ऋण लिइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रममा पाँच हजार क्विन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । किसानले धान रोपेको र काटेको खेतालाको ज्यालाको पनि ऋण लिने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस