पाँच कार्यविधि अनुमोदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाँच कार्यविधि अनुमोदन


३० चैत्र २०७५, शनिबार


जुम्ला । तातोपानी गाउँसभाले एकीकृत सम्पत्ति कर व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, पञ्चेबाजा संरक्षण संवबर्धन कार्यविधि २०७५, निर्व्याजी ऋण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ लाई अनुमोदन गरेको छ ।

शुक्रबार सम्पन्न तेस्रो गाउँसभाले यी पाँच वटै कार्यविधिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानले कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सिर्जनामा गाउँपालिकाले विशेष जोड दिएको उल्लेख गर्दै समृद्ध गाउँपालिकाका निर्माणका लागि सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

अबका वर्षलार्ई विकास वर्षका रुपमा मनाइने उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याले दीर्घकालीन विकासका लागि जनताको मागमा आधारित योजना र बजेट बनाउने सवालमा सबै गम्भीर हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस