ओहोदाको प्रमाणपत्र प्रस्तुत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओहोदाको प्रमाणपत्र प्रस्तुत


३० चैत्र २०७५, शनिबार


काठमाडौं । गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

प्यारिसस्थित इलिस प्रासादमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत अधिकारीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट फ्रान्सेली राष्ट्रपतिको सुख, सुस्वास्थ्यका साथै फ्रान्सका जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

राष्ट्रपति म्याक्रोले फ्रान्स र नेपालबीचको सम्बन्ध प्रगाढ हुँदै गएकामा हर्ष प्रकट गर्दै राष्ट्रपति भण्डारीद्वारा आफू र फ्रान्सेली जनताप्रति सद्भावका निम्ति हार्दिक कृतज्ञता ज्ञापन गरेकोप्यारिसस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत अधिकारीले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा प्यारिस र काठमाडौंमा यो वर्ष विविध कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस