२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्तालाई विश्वास दिलाउन गुणस्तर चिन्ह लिने बढ्दै

अ+ अ-

काठमाडौं । आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् ।

सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य (बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।

गतवर्ष बाध्यकारी वस्तुमा बाहेक झण्डै २ सयले चिन्ह लिएका छन् । यी उद्योगले ६० थरी उत्पादनमा चिन्ह लिएको विभागका निर्देशक दिपक ज्ञावलीले बताए ।

उनका अनुसार बाध्यकारी ११ सामग्रीबाहेक अरु उत्पादनमा व्यवसायीले चाहेको अवस्थामा गुणस्तर चिन्ह लिन सक्छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षण पश्चात चिन्ह दिने गरिएको उनले बताए । उनले भने, ‘चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ ।’

विगतका केही वर्षयता गुणस्तर चिन्ह लिने उद्योगमा खाद्यान्न उत्पादन गर्ने उद्योग बढिरहेका विभागले जनाएको छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले गुणस्तर चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिक रुपमा बढिरहेका निर्देशक ज्ञावलीले बताए ।

चिन्ह लिनका लागि उद्योगमा नै परीक्षण गर्ने प्रविधि र दक्षजनशक्ति दुबै चाहिने उनले बताए । गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ ।

उनले भने,’गुणस्तर चिन्ह लिएका उद्योगलाई पटक÷पटक छड्के जाँच गर्ने र गल्ती पाइएमा कारवाही हुने गरेको छ ।’ विभागले देशभरमा नापतौल र गुणस्तर कार्यन्वयन गराउँदै आएको छ । रासस