एचआईभी संक्रमित गोपाल श्रेष्ठद्धारा सगरमाथा आरोहण गर्ने घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एचआईभी संक्रमित गोपाल श्रेष्ठद्धारा सगरमाथा आरोहण गर्ने घोषणा


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । एचआईभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

एचआईभी÷एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्छन् भन्ने सन्देश दिन श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागिएको जानकारी दिए । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आगामी शुक्रबार सगरमाथा आरोहण गर्ने जानकारी दिएका हुन् ।

एचआईभी/एड्स संक्रमितहरुले पनि देश र समाजका लागि योगदान दिन सक्षम छ भन्ने सन्देश दिन आफूले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने प्रण लिएको एचआईभी/एड्स संक्रमित श्रेष्ठले बताए । विश्वकै एचआईभी/एड्स संक्रमितहरुलाई अवसर दिए जे पनि गर्न सक्छन् भन्ने उद्देश्य पनि आफूले लिएको श्रेष्ठको भनाई छ ।

एचआईभी/एड्स संक्रमित श्रेष्ठले यस अघि सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरेपनि सफल भएका थिएनन् ।

श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए । आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भईसकेको छ ।

आरोहण अभियानले एचआईभी/एड्स संक्रमित श्रेष्ठलाई सगरमाथा आरोहणका लागि सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस