काठमाडौंमा बर्डफ्लु फैलिएर ३५० काग मरे « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौंमा बर्डफ्लु फैलिएर ३५० काग मरे


२३ चैत्र २०७५, शनिबार


काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ ।

बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।

नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको पशु चिकित्सकहरूले बताए । अन्य पंक्षिहरुमा कुनै समस्या नदेखिएको तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइए पशु विभागले जनाएको छ । विभागले मृत कागलाई नष्ट गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस