नागरिकलाई रैती बनाउन खोज्नु दिवासपना मात्रै : प्रधानमन्त्री ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नागरिकलाई रैती बनाउन खोज्नु दिवासपना मात्रै : प्रधानमन्त्री ओली


२० चैत्र २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नागरिकलाई रैती कसैले पनि बनाउन नसक्ने बताएका छन् ।

काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दिवासपना मात्रै भएको बताए ।

पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको पनि प्रधानमन्त्री ओलीले बताए । अल्पमतको सरकारमा हुने कहिले कसलाई पछार्ने कहिले कसलाई ढलाउने परिपाटीको अन्त्य भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन, शान्ति पुनःस्थापनालगायतका क्षेत्रमा उल्लेख्य काम भएको पनि बताए । अहिले राष्ट्रिय राजनीतिको ट्रेन्ड सामाजिक असन्तुष्टिभन्दा पनि निर्माणको ट्रेन्ड भएको उनले बताए ।

उनले अब निरक्षरताको गीत गाउने मात्रै होइन, पन्ध्रौँ योजनाको अन्त्यसम्म निरक्षरता उन्मुलन हुनेगरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा परिवर्तन भैरहेको बताउँदै देशबाट बाहिर जाने युवाहरुलाई क्रमशः देशभित्रै अवसर दिने बताए । उनले वर्तमान सरकारलाई रेमिट्यान्सको धेरै लोभ नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस