भोजपुर । बिजुलीको पोलबाट लडेर भोजपुरमा एक प्राविधिक कर्मचारीको मृत्यु भएको छ । ट्याम्के मयुम गाउँपालिका–५ स्थित खावा रेम्बोमा बिजुलीको पोलबाट लडेर कर्मचारीको मृत्यु भएको हो ।
सोमबार दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर मर्मत कार्य गरिरहेका विद्युत प्राधिकण भोजपुरका प्राविधिक २७ वर्षीय नवीन राई चिप्लिएर लडेका थिए। भोजपुर पौवादुम्मा २, तिवारीभञ्ज्याङका राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ ।
मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।







