हुम्लामा टेलिकम सेवा अवरुद्ध हुँदा सरकारी कामकाज ठप्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा टेलिकम सेवा अवरुद्ध हुँदा सरकारी कामकाज ठप्प


१९ चैत्र २०७५, मंगलबार


हुम्ला । हुम्लामा नेपाल टेलिकमको सेवा चार दिनदेखि अवरुद्ध भएको छ । दुर्गम हिमाली जिल्ला हुम्लाको टेलिकमको टावरमा रहेको रेडियो लिंकमा पावर डाउन भएपछि टेलिकमका सबै सेवा ठप्प भएका हुन् ।

टावरमा रहेको सोलार प्यानलमा हिउँ जमेका कारण पावर डाउन भएपछि रेडियो लिंकले काम गर्न छोडेका हो ।

टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

शनिबारबाट हुम्लामा नेपाल टेलिकमका सबै सेवा बन्द भएका हुन् । आइतबार कर्मचारीले उपकरणसहित टावरमा गएपनि हिउ फाल्न नसकेपछि सञ्चार सेवा सञ्चालन हुन नसकेको टेलिकमले बताएको छ ।

सोलार प्यानलमा रहेको हिउँ पञ्छाउने वित्तिकै संचार सेवा सुचारु हुने बताइएको छ । तीन घण्टा उकालो पैदल दुरीमा रहेको सो टावरमा सोमबार पनि हिउँ पन्छाउन कर्मचारीहरु गएको तर पन्छाउन नसकेको टेलिकमले बताइएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा जिल्लाबाट सबै ठाउँमा सम्पर्क बिहिन भइएको छ । इन्टरनेट सेवा पनि बन्द भइ रेडियोका कार्यक्रमहरु पनि बन्द भएको बताइएको छ । इन्टरनेटबाट हुने सबै काम प्रभावित भएका छन् । सरकारी तथा गैर सरकारी संघसंस्थाका इन्टरनेटबाट बन्ने सबै काम प्रभावित बनेको टेलिकम हुम्लाले जनाएको छ ।

सञ्चारबिहीन हुँदा हुम्लाको सुरक्षा निकाय पनि चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस