२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा जलवायु परिवर्तनबारे नेटवर्क परियोजना

अ+ अ-

काठमाडौं । स्थानीय तहमा जलवायु परिवर्तन, विकासका अन्तरसम्बन्ध, प्रभाव र असरसम्बन्धी ज्ञान, अनुभव तथा असल सिकाइ आदानप्रदान गर्ने उद्देश्यले नेटवर्क परियोजना शुरु गरिएको छ । नेपाल नगरपालिका सङ्घको आयोजनामा भएको ‘क्लाइमेट एण्ड डेभलपमेन्ट नलेज नेटवर्क’ परियोजना कार्यक्रममा जलवायु परिवर्तन व्यवस्थापनका लागि स्थानीय तहहरुमा भएका असल अभ्यास तथा सूचना प्रवाह गरिने बताइएको छ ।

सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले दिगो विकास लक्ष्य पूरा गराउन स्थानीय तहमा विकासका विश्वव्यापी अभ्यास र असरका विषयमा ज्ञान हुन जरुरी रहेको बताए । ‘स्थानीय विकासका लागि पहिचान गरिएका विकासका आवश्यकता पूरा गर्दा यसका अन्तरसम्बन्ध पनि हेर्नुपर्छ, अनि मात्र विकास दिगो विकास लक्ष्य पूरा हुन्छ’, श्रेष्ठले भने ।

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका मानिसमा सिधा र प्रत्यक्ष असर पर्ने बताउँदै यस्ता समस्यासँग जुध्न साझा बुझाइ र साझा कार्यक्रम निर्माण गर्नुपर्ने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले वातावरणमैत्री स्थानीय शासन कार्यक्रम नेपालमा सफल र अनुकरणीय रहेकाले सरकारले यी कार्यक्रम एकद्वार नीतिबाट कार्यान्वयन गर्न चाहेको जानकारी गराए ।

कार्यक्रममा नेपालका महिलाले कृषिमा भोगिरहेका समस्या र समाधान खोज्न गरिएको प्रयासलाई दृश्य कथामा तयार पारिएको सामग्री ‘फारमर्स अफ द फ्युचर’ प्रस्तुत गरिएको थियो । त्यस्तै ‘जलवायु परिवर्तन ज्ञान एजेन्ट’ ‘लैङ्गिक समानता र समाजिक समावेशीकरण’ ‘पानी, खाना र ऊर्जा’लगायत विषयमा सामूहिक छलफल र प्रस्तुतिकरण गरिएको थियो । (रासस)