बारा पर्साका घाईतेलाई रगत अभाव हुन नदिन मंगलबार बानेश्वरमा रक्तदान कार्यक्रम हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बारा पर्साका घाईतेलाई रगत अभाव हुन नदिन मंगलबार बानेश्वरमा रक्तदान कार्यक्रम हुँदै


१८ चैत्र २०७५, सोमबार


काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाडौंको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा राक्तदान कार्यक्रम सम्पन्न हुन लागेको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताएका छन् ।

आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएको बताईएको छ ।

यसै अवस्थालाई मध्यनजर गर्दै राजनीति नजोडीकन मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेका छन् ।

स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगीसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र व्यक्तिगतर्फबाट लागिपरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले हावाहुरी स्थल भ्रमण गरिसकेका छन् भने प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई प्रतिपरिवार रु ३ लाख सहयोग गर्ने बताईसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस