२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुण्ठा पोख्न र गुटबन्दी गर्न छाड्नुस : प्रम ओली

अ+ अ-

दमक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यहाँ आयोजित दमक नगर तथा वडा समितिलाई शपथग्रहण गराउने क्रममा आज प्रधानमन्त्री ओलीले कसैका कुण्ठा भए पार्टी कमिटीमा छलफल गरेर समाधान खोज्न आग्रह गरे । पार्टीभित्रका समस्या पार्टीमा बसेर समाधान निकाल्न सकिने भन्दै उनले पार्टी निर्देशन सबैले पालना गर्नुपर्ने सुझाव दिए ।

सार्वजनिक रुपमा जथाभावी बोल्दै नहिँड्न आग्रह प्रधानमन्त्री ओलीले अब पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारी आएको धारणा राखे ।

‘केही मान्छे उहिल्यैदेखि पार्टी बिग्रियो, सकियो मात्र भनेर हिँडिरहेको सुन्छु,’ ओलीले भने, ‘जनताले दुई तिहाइ मत दिएका छन्, ६ वटा प्रदेशमा हाम्रो सरकार छ, अधिकांश स्थानीय तहमा हाम्रा उम्मेदवारहरुले जितेका छन् । यती हुँदा पनि पार्टी बिग्रिएको मात्र देख्छन् । के गर्दा सप्रेको हुन्छ भन्दिनु पर्‍यो नि ?’

घर ढलान गरिसकेपछि पनि २१ दिन टेका निकाल्न नहुने भन्दै उनले दुई वटा पार्टी एकता प्रक्रिया चलिरहेका बेला गुटबन्दीको कुरा गर्नु, वरियता मिलेन भन्नु उपयुक्त नहुने दाबी गरे । सो क्रममा नगर कमिटीलाई पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे र वडा कमिटीलाई केन्द्रीय सदस्य देवेन्द्र दाहालले शपथग्रहण गराएका थिए ।