२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलैया अस्पतालमा प्रधानमन्त्री ओली

अ+ अ-

वीरगञ्ज । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरेका छन् । । उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि थिए ।

अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।  आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ ।

बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भने ।