२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी बन्दै २० किलो चामल कार्यक्रम

अ+ अ-

जुम्ला । सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् । घोषणाताका अर्थात दुई वर्षअघि कार्यक्रम निकै आलोचना भएको र विवादमा समेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा निःशुल्क २० किलो चामलसहित ज्याला लिनेको सङ्ख्या बढेसँगै उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नम्बर २७ मा कर्णाली क्षेत्रमा जन्म र मरणमा प्रतिपरिवार २० किलो चामल दिने घोषणा गरेका थिए ।

घोषणापछि कर्णालीवासीले आफूलाई अपमान र मगन्ते बनाएको भन्दै आपत्तिसहित चौतर्फी विरोध पनि जनाए । कर्णालीलाई सडक, सञ्चार, विद्युत्, शिक्षा, स्वास्थ्यको आवश्यकता हो, २० किलो चामल होइन भन्दै यहाँका राजनीतिकर्मीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई चामलको पोको समेत फिर्ता पठाए । अन्ततः राजनीतिकर्मीको चर्को विरोधले न त यो कार्यक्रम स्थगन नै भयो न त गरीब विपन्न नागरिकले सेवा लिन नै छाडे ।

चौतर्फी विरोध कारण शुरु शुरुमा विपन्न नागरिकले जन्ममरणमा २० किलो चामल र ज्याला लिनसमेत निकै अप्ठ्यारो महसुस गरे तर अप्ठ्यारो महसुसले मात्रै समस्या समाधान नभएपछि विपन्न नागरिकले विस्तारै जन्म र मरणमा खाद्य संस्थानमार्फत चामल लिन शुरु गरेका हुन् ।

अधिकांश ठूलाबडा तथा हुनेखानेले यो कार्यक्रमको बढी आलोचना गरे पनि विपन्नलाई सेवा लिनबाट भने कसैले रोक्न सकेन । विसं २०७३ फागुन १८ गते पहिलो पटक चन्दननाथ नगरपालिका– ८ कि रूपा रावतले सन्तान जन्मिदा २० किलो चामल निःशुल्क बुझेपछि लगातार सेवा लिनेको सङ्ख्या बढ्दै गएको तथ्याङ्क खाद्य संस्थान जुम्लामा अभिलेख छ ।

“हुनेखानेले यो कार्यक्रमको आलोचना गरे पनि निम्नआयस्तर भएका गरीबलाई यो कार्यक्रमले निकै राहत गरेको छ”, सेवा लिएपछि तिला गाउँपालिका–४ का लङ्क दमाइँले भने, “काम गरेर भोको पेट पाल्ने हामीजस्तालाई २० किलो चामल र एक हजार रुपैयाँ सित्तैमा पाउनु भनेको ठूलै कुरो हो ।”

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारका अनुसार जन्म र मुत्युमा चन्दननाथ नगरपालिकाभित्रका प्रतिपरिवार २० किलो चामल, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाभित्र २० किलो चामल र पाँच सय रुपैया ज्याला उपलब्ध गराउने गरेको छ ।

त्यसैगरी हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाभित्र २० किलो चामल र रु एक हजार यातायात खर्चस्वरुप उपलब्ध गर्दै आइएको छ । उनले भने, “मृत्युभन्दा जन्ममा सेवा लिनेको सङ्ख्या बढ्दो छ ।”

संस्थानको तथ्याङ्कअनुसार जुम्लामा मात्रै यस कार्यक्रमबाट हालसम्म ५१७ जनाले ११४ क्विन्टल चामल र लाखौँ रकम ज्याला निःशुल्क बुझेका छन् । आर्थिक वर्ष ०७३/७४ मा ४० जनाले आठ क्विन्टल चामलसहित ज्याला लिएका थिए । तर त्यसको सङ्ख्या ह्वात्तै बढेर आर्थिक वर्ष ०७४/७५ मा ३१३ जनाले ६ हजार २६० किलो चामल र ज्याला बुझेका छन् भने चालु आर्थिक वर्ष ०७५/७६ को हालसम्म २१७ जनाले चार हजार ३२४ किलो चामल र ज्याला बुझेको तथ्याङ्क छ ।

सेवा लिँदा जन्म वा मृत्यु दर्ता, वडाको सिफारिस, सेवा लिन आउने व्यक्तिको नागरिकतासहित खाद्य संस्थानबाट घटनाको ६ महिनाभित्र सेवा लिइसक्नुपर्ने प्रावधान छ ।