२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको बडीकेदारमा बृहत स्वास्थ्य शिविरको आयोजना हुँदै, मुटुरोग विशेषज्ञ डा.अनिल भटराईको टोली आउने

अ+ अ-

डोटी । बडीकेदार गाउँपालिका–१ बिपीनगरस्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।

सेभ द हर्ट संस्था तथा निसर्ग अस्पताल धनगढीको सहयोग र बडीकेदार गाउँपालिकाको आयोजनामा यही चैत्र २२ र २३ गते निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिने भएको हो ।

गाउँघरमा आर्थिक अभावका कारण विभिन्न रोगका विरामीहरु उपचार गर्न नसकि रोगलाई पाल्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसक्ने बिरामीहरुलाई सहयोग पुगोस भन्ने हेतुले बृहत स्वास्थ्य शिविरको आयोजन गर्न लागिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

उनले भने,‘मान्छेको शरीरको सबै भन्दा महत्वपूर्ण अंग भनेको मुटु हो मुटुको रोग भएका रोगीलाई उपचार गर्न सबैलाई सम्भव छैन् त्यसैले विशेष गरी मुटुको उपचारका साथै सम्पूर्ण उपचार घरदैलोमा होस भन्नको लागि शिविरको आयोजना गरिएको हो ।’

गाउँ घरका महिला दिदीबहिनीका थुप्रै स्वास्थ्य समस्या छन् । यस्ता स्वास्थ्य समस्या भएका सबैले राम्रो ठाउँमा गएर उपचार गर्न सक्दैनन् । यी कमजोर आयस्रोत भएकाहरुलाई लक्षित गरी शिविर संचालन हुन लागेको बडीकेदार गाउँ पालिकाकी उपाध्यक्ष ईन्द्रा भाट(बोहरा) ले बताईन् ।

उनले भनिन्,‘वृहत रुपमा निःशुल्क स्वास्थ्य शिविरले आर्थिक अवस्था कमजोर भएकाहरुलाई ठुलो राहत पुग्नेछ ।’

शिविर आयोजना स्थलमा आवश्यक बसोबास, प्रचार प्रसार लगाएत सम्पूर्ण तयारी पूरा भईसकेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज पाण्डेले बताए ।

उनले भने,‘शिविरको लागि करीब ३० जना चिकीत्सक तथा स्वास्थ्यकर्मिको टोली आउँदैछ । बालक, महिला, बृद्धबृद्धाहरु सबैको, सबै रोगको उपचार गरिनेछ । गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसक्यौं ।’

शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिल भटराईको नेतृत्वमा ७ जना बिशेषज्ञ चिकीत्सक सहित २१ जनाको टोली आउने भएको छ ।

त्यस्तै, शिविरमा निसर्ग अस्पतालमा कार्यरत स्त्रि रोग विशेषज्ञ डा.प्रतिक्षा सिंह राठोर सहित ३ जना र जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मि लगायत करीब ३० जना स्वास्थ्यकर्मिहरुको टोली छ ।

डोटीमा ग्रामीण भेगमा यति ठूलो विशेषज्ञ चिकीत्सक टोली सहभागी भई संचालन हुन लागेको यो पहिलो शिविर हो ।

शिविरबाट डोटी, कैलाली र डडेलधुराका हजारौं सेवाग्राहीहरुले सेवा उपभोग गर्न सक्नेछन् । शिविरमा सहभागी भई निःशुल्क लिन बडीकेदार गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस