काठमाडौं । बारा र पर्सामा हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं ल्याईएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट गम्भीर घाइते ७ जनालाई आज शिक्षण अस्पताल काठमाडौं ल्याइएको हो ।
त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालमा एक सय जना र वीरगञ्ज हेल्थ केयर सेन्टरमा ५० भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ । गाउँबाट घाइतेहरुलाई नारायणी अस्पताल ल्याउने कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।







