२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

अ+ अ-

सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।

यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्तौँ दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गरे । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भने, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”

यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नै नपाउने गरेको दुखेसो गर्नुभयो । दलालले मात्रभित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भने, “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रु भन्दा कार्गो लिँदा दोब्बर फाइदा हुने भएकाले उनीहरुले यात्रुलाई नलिने गरेको उनको आरोप छ ।

हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको बताए । “डेढ महीनादेखि यात्रु जान पाएका छैनन्”, उनले भने, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”

हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रु आवतजावतमा समस्या भएको अध्यक्ष लामाको भनाइ थियो । विमानस्थलमा प्रहरीले पनि यात्रुप्रति अभद्र व्यवहार गर्दै आएको यात्रुले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।

यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण यो समस्या आएको राससलाई बताए । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ”, प्रमुख कार्कीले भने, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन । लुक्ला खुलेकाले पनि अभाव बढेको हो ।” रासस