ज्यान गुमाउनेको परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

ज्यान गुमाउनेको परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय


१८ चैत्र २०७५, सोमबार


जनकपुरधाम । बारा र पर्सामा आएको भीषण हावाहुरीले ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । सोमबार बिहानै बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई तीन लाख दिने निर्णय गरेको हो ।

बारा र पर्सामा भएको प्राकृतिक विपत्तिका कारण भएको ठूलो धनजनप्रति प्रदेश सरकारले दुःख व्यक्त गर्दै तत्कालिन राहत स्वरुप प्रति मृतकका परिवारलाई तीनलाख दिने भएको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा आएको भीषण हावाहुरीसँगै र असिनापानीबाट ३१ जनाको मृत्यु भइसकेको छ । ४ सयभन्दा बढी घाइते भएका छन् ।

सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस