भिरबाट लडेर एकको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भिरबाट लडेर एकको मृत्यु


१८ चैत्र २०७५, सोमबार


पर्वत । पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ ।

विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजीकैको भिरबाट लडेर आइतबार दिउँसो मृत्यु भएको हो ।

घरबाट बिहान बजार जान्छु भनेर शनिबार दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

दर्जीले साथीहरुसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस