प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा


१७ चैत्र २०७५, आइतबार


राष्ट्रपतिका लागि गाडी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताए ।

उनले भने, ‘लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ ।’

विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन खोजिएको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस