संयुक्त राष्ट्र संघमा नेपालले दश हजार शान्ति सेना पठाउने प्रतिबद्धता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्र संघमा नेपालले दश हजार शान्ति सेना पठाउने प्रतिबद्धता


१७ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि १० हजार सेना सहभागी गराउन सक्ने प्रतिबद्धता जनाएको छ ।

न्यूयोर्कमा गएको शुक्रबार भएको शान्ति सेनामा सैनिक पठाएर सहयोग गर्ने राष्ट्रहरुका रक्षा वा परराष्ट्रमन्त्री स्तरको बैठकमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सो प्रतिबद्धता जनाएको त्यहाँ स्थित नेपाली स्थायी नियोगले जनाएको छ ।

उनले सो अवसरमा राष्ट्र संघको शान्ति स्थापनाको कार्यमा नेपाल ६१ वर्षदेखि सामेल भएको चर्चा गर्दै शान्ति सेनामा पठाउने महिलाका हकमा तोकिएको मापदण्ड नेपालले यसअघि नै पूरा गरेको समेत बताएका थिए ।

उनले सो अवसरमा एउटा इन्फ्यान्ट्री बटालियन, एउटा फोर्स प्रोटेक्सन कम्पनी, दुई वटा फर्मड प्रहरी युनिट, व्यक्तिगत प्रहरी अधिकृतहरु र अवजर्भरहरु पठाउन सक्ने बताएका थिए ।

रक्षामन्त्री पोखरेलले सन् २०१९ र २०२०को लागि सो प्रतिबद्धता जनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस