स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा सवारीसाधनमा पर्वत जिल्ला फोहर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर टाँसिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका–६ शिवालय चोकमा मध्यपहाडी लोकमार्ग हुँदै सञ्चालन हुने र पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा स्टिकर टाँस्न थालिएको हो ।
शनिबारदेखि औपचारिक रुपमै सफा सडक अभियानका बारेमा सरोकारवाला सबै पक्षलाई जानकारी गराइएको छ । प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले सबै जागरुक भएमा मात्र सफा सडक अभियान सफल बन्ने र सडक पनि सफा रहने बताए । रासस







