२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा १५ लाख भारु चोरेर भागेका एक नेपाली पक्राउ

अ+ अ-

बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् ।

भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

१५ लाख भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसँग स्वीकार गरेका छन् । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।

चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ ।

कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुल्न नआएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस