२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता आवास कार्यक्रमबाट घर निर्माण

अ+ अ-

डोटी । नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँमा घर बनाउँदा गाउँ नै आकर्षक देखिएको छ । सो कार्यक्रमले स्थानीय विपन्न परिवारका घर बनाइदिँदा पिपल्लाका मात्रै १२ दलित घरपरिवार लाभान्वित भएका छन् ।

ती दलित घरपरिवारलाई सरकारले रु दुई लाख ३३ हजार ७०० लागतमा दुईकोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायल राजपुरका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताए।
उनले भने, ‘हामीले विपन्न परिवारका लागि दुईकोठे घर, भान्सा र शौचालय बनाएका छौँ, अहिले बस्तीको मुहार नै फेरिएको छ ।’

डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका दलित तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहाडी जिल्लाका विपन्न तथा दलित परिवारका लागि घर निर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादी समुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्न कठिनाइ भएको डिभिजन प्रमुख विश्वकर्माले बताए । उनले भने, राउटे र वादी समुदायसँग एक टुक्रा जमीन पनि छैन, जमीन नहुँदा उनीहरु घर अनुदानबाट बन्चित भएका छन्, जग्गा हुनेको हामी घर बनाउन रकम तत्कालै दिन्छौँ ।’

जनता आवास कार्यक्रमले घर निर्माण हुनथालेको भन्दै दिपायल पिपल्लाका विपन्न दलित समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताए। उनले भने, ‘घर नभएर कहाँ बसौँ भन्ने थियो, सानो टहरोमा रात बिताउन बाध्य थियौ, अब त हामी पनि पक्की घरमा बस्न थाल्यौँ, खुशी छौँ ।’

पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घरहरु निर्माण भएपछि यहाँको दलित बस्ती अहिले हेर्नलायक तथा आर्कषक भएको दिपायल गैराका स्थानीयवासी राम कामीले बताए । उनले भने, ‘पहिला हामीलाई आफ्नै घर देखाउन पनि लाज लागेर आउथ्यो, अहिले त नयाँ घर पाएपछि गाउँ नै रङ्गीचङ्गी भएको छ ।’ जनता आवास कार्यक्रमले डोटी जिल्लाभरिमा सयौँ घर निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ ।

कृषि सहकारीमा युवा सहभागिता

बोगटान फुड्सिल गाउँपालिका गगुडाका स्थानीयवासी कृष्ण बोगटीको उमेर करीब ३५ वर्ष भयो । उनी स्थानीय जनता कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भएका छन् । सोही गाउँपालिका–६ की पवित्रादेवी चन्दको उमेर करीब २६ वर्ष हुनुभयो, उहाँ पनि उक्त संस्थाको कोषाध्यक्ष छन् । त्यस्तै सोही गाउँपालिका–६ का योगेन्द्र विकको उमेर करीब २८ वर्ष भयो, उहाँ उक्त संस्थाको व्यवस्थापक छन् ।

बोगटी, चन्द र विक मात्रै होइन, उक्त सहकारी संस्थामा रहेका १८८ शेयर सदस्यमध्ये अधिकांश युवा रहेका छन् । कृषि सहकारीमार्फत पूरै वडाको नेतृत्व गर्ने युवाको सोच रहेको छ । कृषकलाई सङ्गठित गरी कृषि उत्पादनमा वृद्धि गर्ने, उत्पादित कृषि उपजको बजार व्यवस्थापन गर्ने र कृषकलाई बचत गर्ने बानीको विकास गर्ने उद्देश्यका साथ गठन गरिएको उक्त सहकारी संस्थाले आगामी तीन वर्षमा पाँच सय शेयर सदस्य पुर्‍याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष कृष्ण बोगटीले बताए । ‘युवा रोजगारी नपाएको भन्दै भारततिर कामका लागि जाने गरेका छन्, ती युवालाई गाउँमै रोकेर कृषि उत्पादन बढाउनुपर्छ भन्ने हाम्रो प्रयास हो’, अध्यक्ष बोगटीले भने ।

कृषकहरुले आफूले उत्पादनको मूल्य राम्रो नपाउने भएकाले सहकारी संस्थाबाट सङ्कलन केन्द्र स्थापना गरेको सहकारीका व्यवस्थापक योगेन्द्र विकले बताए । उनले भने, “कृषकलाई पनि उनीहरुको परिश्रमको उचित मूल्य दिलाउन र उपभोक्तालाई उचित मूल्यमा कृषि उत्पादन उपलब्ध गराउनका लागि हामी प्रयासरत छौँ ।’

हालसम्म ६० हजार शेयर पुँजी सङ्कलन गरिसकिएको उक्त संस्थाका कोषाध्यक्ष पवित्रादेवी चन्दले बताए । युरोपियन युनियन र डेनचर्च एडको आर्थिक तथा फियान नेपाल र लि–वर्डको प्राविधिक सहयोगमा सम विकास केन्द्र डोटीले सञ्चालन गरेको साना किसानका लागि दिगो खाद्य सुरक्षा परियोजनाको सहयोगमा सो वडामा जनता कृषि सहकारी संस्था स्थापना भएको हो ।